शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरको अधिवेशन हुने

तामसालिङ खबर
३१ श्रावण २०७६, शुक्रबार ०८:०५

साउन ३१, हेटौडा – तिन नम्बर प्रदेशको राजधानी हेटौडामा श्रावण ३२ गते शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरको जिल्ला अधिवेशन हुने भएको छ । हेटौडाको पल्पसा हलमा हुने अधिबेशनमा राष्ट्रीय स्तरका दोहोरी गायक गायिकाहरुको जमघट समेत हुने भएको हो ।

साँस्कृतीक कार्यक्रम सहित हुने सातौं अधिवेशन हुने भएको हो । राष्ट्रीयस्तरका दोहोरी गायक गायीकाहरु बद्री पंगेनी, राधिका हमाल, पशुपति शर्मा, रमेश विसी लगायत स्थानीय कलाकारहरुल लगायतको प्रस्तुति रहने भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवम् लोक गायक बद्री पंगेनीको प्रमुख आतिथ्यतामा अधिवेशन हुने प्रतिष्ठानले जनाएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुर शाखामा करीब ६ सय साधारण सदस्य रहेका छन् । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*