जम्बुलिङ ईन्टरनेसनल अवार्डमा मकवानपुरका दुइ कलाकारले पाए अवार्ड

पब्लिक च्वाईस अवार्डमा धिरेन लामा, बेस्ट मोडलमा वर्षा थिङ
तामसालिङ खबर
२७ श्रावण २०७६, सोमबार ११:२६

साउन २६, हेटौडा – जम्बुलिङ फिल्मस् प्रा.लिको आयोजनामा थाईल्याण्डको बैँककमा भएको ‘जम्बुलिङ ईन्टरनेसनल अवार्ड’मा मकवानपुरका दुइ कलाकारले अवार्ड पाएका छन् । ‘पब्लिक च्वाईस अवार्ड’ बाट सेलो गायक धिरेन लामा, तामाङ सेलो(फिमेल) तर्फ बेस्ट मोडल अवार्डमा मोडेलमा वर्षा थिङले अवार्ड पाएका छन् ।

मकवानपुरको हेटौँडा पदमपोखरी निवासी गायक लामाले थाईल्याण्डको बैँककमा जम्बुलिङ फिल्म्स प्रालिद्वारा आयोजित ‘जम्बुलिङ ईन्टरनेसनल अवार्ड २०१९’ अन्तर्गत उक्त पब्लिक च्वाईस अवार्ड प्राप्त गरेका हुन् ।

उनी लोक पप विधाबाट नोमिनेसनमा पर्दै उनको चर्चित गीत ‘लेककी कान्छी’ बाट अवार्ड जितेका हुन् । मकवानपुर तामाङ कलाकार समाजका संस्थापक अध्यक्ष समेत रहेका धिरेनले सेलो गीत, लोक सेलो , रक पप , आधुनिक लगायतका आधा दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज दिएका छन् ।

पछिल्लो समय विभिन्न म्युजिक भिडियोका साथै नेपाली कथानक चलचित्र ‘सत्या’ बाट चर्चामा आएकी नायिका वर्षा थिङले ‘ बेस्ट मोडल तामाङ सेलो (फिमेल) अवार्र्ड’ जितेकी छिन् ।

नोमिनेसनमा परेका अन्य मोडलहरुलाई पछि पार्दै वर्षाले अवार्ड हात पारेकी हुन् । उनले तामाङ सेलो ‘हेई गोरी मैच्याङ’ बाट अवार्ड हात पारेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*