प्रदेश राजधानी हेटौंडामा भव्य गाईजात्रा प्रदर्शन हुने

तामसालिङ खबर
२६ श्रावण २०७६, आईतवार २२:३०

साउन २६, हेटौडा – हेटौंडामा भदौ २ गते भव्य गाइजात्रा हुने भएको छ । ब्राण्ड वर्थको आयोजनामा प्रदेश-प्रदेशमा गाईजात्रा भन्दै तिन नम्बर प्रदेशको राजधानी हेटौंडामा हुने कार्यक्रमको बारे आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

गाइजात्रा कार्यक्रममा चर्चित हाँस्यकलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुलाको साग), रवि डंगोल, शिवशंकर रिजाल(पानवाला), यमन श्रेष्ठ, पूर्ण थापा, सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतले आफ्नो प्रस्तुती दिने कार्यक्रम संयोजक लायन्स क्लब अफ नारायणी मलका अध्यक्ष अन्जन दाहालले बताए ।

हेटौंडामा ३२५ वि टु लायन्स एरियाले स्थानिय संयोजकत्वको भुमिकामा कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक दाहालले बताए । मकवानपुरमा रहेका लायन्स र लियो क्लबहरुले सह आयोजकको रुपमा काम गर्न लागेको छ ।

ओम्याक्स हलमा दिउँसो साढे ३ बजेबाट हुने कार्यक्रममा ३५० वटा टिकट विक्री गरिने र सोबाट भएको आम्दानीले विभिन्न सामाजिक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*