सिमा तिमल्सिनाले जितिन्, मिसेस मकवानपुरको ताज
साउन २६, हेटौडा – हेटौंडा लेडी जेसिजले आयोजनामा भएको मिसेस मकवानपुरको चौथो सस्करणको ताज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ निवासी सिमा तिमल्सिना कार्कीले जितेकी छिन् ।
शनिबार हेटौंडामा भएको ग्राण्ड फिनालेमा उनले ११ प्रतिस्पर्धीलाई पछि पार्दै बिजेताको ताज पहिरहन सफल भएकी हुन् । विजेता संगै उनले मिसेस भ्युअर च्वाइस र बेष्ट कन्फिडेन्ट गरि दुइ वडा टाइटल सहित नगद १० हजार जित्न सफल भइन् ।
त्यस्तै मिसेस मकवानपुरको फस्ट रनरअपमा हेटौंडा ४ निवासी लिलु पुलामीमगर भइन्, उनले मिसेस क्रियटिभ टाइटल समेत जितेकी छिन । सेकेन्ड रनरअपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ निबासी माया घलान भइन्, उनले मिसेस वेस्ट डान्सर टाइटल समेत जितेकी छिन । विजेताले ३० हजार, फस्ट रनरअपले २० हजार र सेकेन्ड रनरअपले १५ नगद सहित प्रमाणपत्र, अवार्ड र ताज प्राप्त गरेका थिए ।
फिनालेमा मिसेस ट्यालेन्ट रोजी विडारी, डिसिप्लिन नितु दाहाल, फोटो जेनिक सुनिता तामाङ मानन्धर, बेष्ट स्माईल जानुका कार्की सापकोटा, फ्रेण्ड्ली अवार्ड अमिता चौधरीले हात पारेकी छिन् ।
बेष्ट स्किन एलिना मानन्धर, बेष्ट हेयर सपना लामा, क्रियटिभ निलम पुलामी मगर, पपुलर संगिता जोशी डंगोल र बेष्ट पर्सनालिटीको अवार्ड अस्मिता पराजुलीले हात पारेकी छिन् ।
प्रतियोगिताको फिनालेमा प्रमुख निर्णायकमा साहित्यकार निमेष निखिल, त्यस्तै निर्णायकहरुमा सुष्मा थापा, मनिष शाक्य, राजकुमार श्रेष्ठ र डा. सचिता पौडेल रहेका थिए ।