चलचित्र ‘छिरिङ’ अमेरिकामा प्रदर्शन हुने

तामसालिङ खबर
२२ श्रावण २०७६, बुधबार १०:१३

साउन २२, काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा बेग्लै धारको मनमोहक पूर्ण रहेको चलचित्र छिरिङ अव अमेरिकामा प्रदर्शन हुने भएको छ । अमेरिकाको भर्जिनिया निबासी नेपाली सामाजिक अभियन्ता रोशन पुरीको संयोजकत्व तथा श्याम लामाको व्यवस्थापनमा चलचित्र छिरिङको प्रदर्शन हुन लागेको  हो ।

यही अगष्ट महिनाको २५ तारिखका दिन पहिलो शो भर्जिनियामा हुने भएको छ । सुनिलभक्त माथेमाको निर्माण प्रस्तुतिमा रहेको चलचित्र छिरिङ हिमालपारिको जिल्ला मुस्ताङको कथाको सेरोफेरोमा निर्माण भएको गजबको चलचित्र हो ।

मुस्ताङको संस्कृति झल्कने र दुइ साथिको बीच एकता र युवतीका लागि गरिएको संघर्ष, माया प्रेम द्वन्द रहेको चलचित्रमा देख्न सकिन्छ । रिदम फिल्मसको प्रस्तुती रहेको फिल्ममा यश कुमार र निमा रुम्बा बाहेक नवनायिका कामना भुजेलको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिलाको हरियालीमा चलचित्रलाई छायाँकन गरिएको छ । चलचित्र मार्फत गायक यश कुमार पहिलो पटक निर्देशकको रुपमा आएका हुन् ।

सिनेमामा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेकोछ । यस अघि ‘बाटो मुनीको फूल’ र ‘बाटो मुनिको फूल २’ दर्शकले अत्यधिक रुचाइएको फिल्म थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*