बैंक तथा वित्तीय संस्थाको सिईओ र संचालकको उमेर हद तोकियो
साउन २१, काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत र संचालकहरुको उमेरहद तोकेको छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशक जारी गर्दै उमेर हद तोेकेको हो । राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार संचालकहरु ७४ र प्रमुख कार्यकारी अधिकृतले ६९ बर्षसम्म मात्र सिईओ हुन पाउने छन् ।
बैंक तथा वित्तीय संस्थाको संचालकको लागि ७० वर्षको भएको व्यक्ति कुनैपनि वित्तीय संस्थाको संचालकमा चयन वा पुनः नियुक्ती हुन पाउने छ । तर, ७० बर्ष नाघेको व्यक्ति भने पुन संचालक हुन पाउने छैन ।
यसैगरी ६५ बर्ष भएका व्यक्तिमात्र प्रमुख कार्यकारी पदमा नियुक्त हुन पाउने छन् । तर कुनै व्यक्ति हाल बाहल रहँदा ६९ बर्ष उमेर भन्दा माथी भएमा सिईओ पद छाड्नुपर्ने हुन्छ ।