भ्रमण बर्षको लक्षित गर्दै आधा दर्जन विमानस्थलमा परीक्षण उडान
एक महिना भित्रै नियमित गरिने
साउन २१, काठमाडौं – नेपाल वायु सेवा निगमले भ्रमण बर्ष र दशैंलाई लक्षित गर्दै आधादर्जन विमानस्थलहरुमा परीक्षण उडान गरिरहेको छ । हाल निगमको वाई १२ जहाजबाट परीक्षण उडान गरिरहेको निगमले जानकारी दिएको छ ।
अनुरुप निगमले आन्तरिक पर्यटक तथा दशैंलाइ लक्षित गर्दै ६ वटा विमानस्थालमा परीक्षण उडान गर्दै आएको छ । चौरजहारी, ताप्लेजुङ, तुम्लिङटार, रुकुम, भोजपुर र बाजुरामा परीक्षण उडान भइरहेको छ ।
निगमले अन्तरराष्ट्रिय उडान विस्तारसँगै आन्तरिक उडानलाई समेत ब्यवस्थित गर्ने उद्देश्यले ति क्षेत्रहरुमा परीक्षण उडान गरेको निगमले जानकारी दिएको छ । परीक्षण उडानसँगै अबको एक महिना भित्रमा नियमित उडान गर्ने र भ्रमण बर्ष २०२० लाई समेत सहयोग पुग्ने निगमको विश्वास रहेको छ ।
हाल निगमको वाई १२ जहाज २ ओटा ग्राउण्डेड छ भने २ ओटा वाई १२ जहाजबाट मात्रै आन्तरिक उडान गरिरहेको छ ।