यतीको जहाज संख्या ११ पुग्यो
साउन, काठमाडौं – निजी क्षेत्रको अग्रणी एयरलाइन्सको रुपमा रहेको यती एअरलाइन्सले एटिआर जहाज थप गरेको छ । यो सगै यती सँग ११ ओटा जहाज पुगेको छ । भ्रमण बर्ष २०२० लाई थप सहयोग गर्ने उद्धेश्यले नयाँ एटिआर ल्याएको एयरलाइन्सको भनाई छ ।
७२ सिट क्षमताको सो एटिआर यतीको छैटौं जहाज हो । जहाज क्याप्टेनहरू रूपकुमार सिद्धि र राजबहादुर खड्काले बैंककबाट ल्याएका हुन् ।एअरलाइन्सले साउन १६ गतेबाट भैरहवाका लागि पोखराबाट दैनिक उडान र भरतपुरमा भदौ १५ गतेबाट उडान गरिरहेको सिनियर म्यानेजर भिमराज राइले जानकारी दिए ।
‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट भदौ २९ गतेबाट सुरु गर्ने र पोखराबाट नेपालगञ्जका लागि ‘चार्टर्ड फ्लाइट’ पनि सुरु गरेको उनको भनाइ छ । अब काठमाडौं–पोखरा–भरतपुरको ‘गोल्डेन ट्रयांगल’मा यती एअरलाइन्सको हवाइ सम्पर्क स्थापित भएको छ ।