नेपालमा गाडी बनाउन बिस उद्योग दर्ता
साउन ९, काठमाडौं – टाटा मोटर्सले नेपालमा सवारी उत्पादन गर्ने विषय संगै नेपालमा सवारी उत्पादनले व्यापक चर्चा पाएको छ । १ वर्षअघि देखि हुलास अटोक्राफ्टले बजाजका मोटरसाइकल बनाई रहेको छ । गत वर्ष चैतमा दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले गाडी उत्पादन गर्न १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गर्यो ।
हाल नेपालमा विभिन्न कम्पनीहरुले सवारी उत्पादन गर्न उद्योग विभागमा आफ्नो कम्पनी दर्ता गराएका छन् । आर्थिक वर्ष २०७५/०७६ सम्ममा नेपालमा सवारी उत्पादन गर्ने उद्देश्यले २० वटा कम्पनी उद्योग विभागमा दर्ता भएको तथ्यांक छ ।
सरकारले आयातलाई भन्दा उत्पादनमुलक उद्योगलाई प्राथमिकता दिने नीति लिएसँगै सवारी उत्पादकहरु जुर्मुराएका हुन् । व्यवसायीहरुले तयारी वस्तु आयात र उत्पादनका लागि गरिने कच्चा पदार्थ आयातमा भन्सार दर दुई तह कम हुनुपर्ने माग गर्दै आएका थिए । तर चालू आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले उत्पादनका लागि ल्याइने कच्चा पदार्थको आयातमा भन्सार १ तह कम लाग्ने घोषणा गरे ।
सवारी उत्पादन गर्ने उद्देश्यले उद्योग विभागमा कम्पनी दर्ता गरेका उद्योगी व्यवसायी भने सरकारको उक्त योजनाले उत्साहित हुने सकेको देखिँदैन । उद्योग विभागका अनुसार हुलास अटोक्राफ्ट, लक्ष्मी मोटर कर्पोरेशन प्रालि लगायत २० वटा दुईपांग्रे तथा चार पांग्रे र त्यो भन्दा ठूला सवारीसमेत बनाउने गरि दर्ता भएका छन् ।
यी हुन् उद्योग विभागमा दर्ता भएका उद्योगहरुः-
उद्योगको नाम | स्थान | सवारीको किसिम |
एभर स्टार मोटर्स प्रालि | नवलपरासी | तीनपांग्रे |
हुलास अटो क्राफ्ट प्रालि | नवलपरासी | मोटरसाइकल |
लक्ष्मी मोटर कर्पोरेशन | नवलपरासी | चारपांग्रे |
नेपाल इभी कम्पनी प्रालि | ललितपुर | दुईदेखि ६ पांग्रे |
सीईसी भेइकल्स कम्पनी | ललितपुर | दुईदेखि ६ पांग्रे विद्युतीय |
हिदोङ न्यू इनर्जी इन्डस्ट्री | ललितपुर | विद्युतीय सवारी |
बेला मोटर्स प्रालि | ललितपुर | विद्युतीय सवारी |
बेलिन मोटर टेक्नोलोजी कम्पनी | काठमाडौं | तीन पांग्रे |
हाङफाव मोटरसाइकल एसेम्बल कम्पनी | काठमाडौं | मोटरसाइकल |
ट्रष्ट इलेक्ट्रीक बाइक प्रालि | काठमाडौं | विद्युतीय मोटरसाइकल |
चुंगलिय इन्टरनेसनल ट्रेडिङ | काठमाडौं | विद्युतीय मोटरसाइकल |
सीएन्डडी कम्पनी प्रालि | काठमाडौं | विद्युतीय मोटरसाइकल |
नेजोङ उद्योग प्रालि | मकवानपुर | दुईदेखि ६ पांग्रेसम्म |
हेरोइन अटो इलेक्ट्रीक इन्डस्ट्री प्रालि | कञ्चनपुर | तीपांग्रेदेखि मिनिट्रकसम्म |
मिथिला अटोक्राफ्ट प्रालि | धनुषा | तीनपांग्रे |
ग्रेटवाल इलेक्ट्रीक भेइकल प्रालि | चितवन | विद्युतीय सवारी |
शार्प भिजन इन्टरप्राइजेज | सुनसरी | दुई तथा तीनपांग्रे विद्युतीय सवारी |
ग्लोबल अटोमोबाइल प्रालि | मोरङ | मोटरसाइकल |
बेल्टा इलेक्ट्रीकल अटो प्रालि | चितवन | विद्युतीय मोटरसाइकल |
नेपाल जायन्ट कार इन्डस्ट्री प्रालि | बारा | विद्युतीय मोटरसाइकल र कार |