वरिष्ठ लोकगायक रामप्रसाद खनाललाई ‘स्टार अफ दि इयर’ को अवार्ड
साउन ६, काठमाडौं – विदेशमा रहेर पनि सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तर्राष्ट्रिय कलाकार मंचमा केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं संचारकर्मी रामप्रसाद खनाललाई स्टार अफ किङ्ग कतारले ‘स्टार अफ दि इयर’को अवार्ड प्रदान गरिएको छ ।
साढे तीन दशक यता गीत संगीत, कलाकारिता, पत्रकारिता र साहित्यका क्षेत्रमा स्वदेश तथा बिदेशमा हुदा वहाँले दिनुभएको योगदानको उच्च कदर गर्दै लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित एक बिशेष कार्यक्रममा वहाँलाई स्टार अफ द इयर पुरस्कार प्रदान गरिएको छ ।
स्टार ईन्टरनेशनल अवार्डको उत्कृष्ट टप ३ मनोनयन प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रम पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रष्टाहरु मध्येबाट ६७ विधामा उत्कृष्ट टप ३ को मनोनयन पत्र एवं सम्मान प्रदान गरिएको थियो ।