‘दार्सेला छामे म्योबा’ को युट्युब रेकर्ड
साउन ५, काठमाडौ – अडियो गीतबाट निक्कै चर्चा कमाएको तामाङ भाषाको ‘दार्सेला छामे म्योबा’ बोलको गीतको म्युजिक भिडियोले युट्युबमा रेकर्ड कायम गरेको छ । गत वर्षको पुस देखि हाल सम्म रिलिज भएको तामाङ म्युजिक भिडियोमा सर्बाधिक भ्युज तामाङ गीत ‘दार्सेला छामे म्योबा’ ले पाएको छ । समाचार तयार पार्दा सम्म सो म्युजिक भिडियोले सर्बाधिक ११ लाख ९९ हजार ५ सय ६६ भ्युज पाएको छ भने ७ हजार ८ सय लाइक र ६ सय १७ ले कमेन्ट गरेको छ ।
तामाङ चलचित्र क्षेत्रको सदाबहार नायक अमिर दोङको निर्देशनमा बनेको उक्त गीतमा चर्चित गायिका जितु लोप्चन र गायन मदन घलानको आवाज रहेको छ ।
सानुबाबु घिसिङको शब्द संगीत, नोर्बु शेर्पाको एरेन्ज, मिलन दोङ्को कोरियोग्राफी, बिक्रम मोक्तानको छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा नायक अमिर दोङ संगै हास्यकलाकार कुइसाङ रुम्बा, कल्पना लामा, मदन ग्लान, सम्झना दोङ, अनिता नेगीको अभिनय रहेका छन ।
तामाङ समुदायको परम्परागत सस्कार सस्कृतिलाइ आधुनिक युवापुस्ताले लगाउने पहिरन लगायत चालचलनलाइ गीत मार्फत व्यङ्ग्य गर्न खोजेको देखिन्छ ।
म्युजिक भिडियो हेर्नुहोस –