माछापूछ्रेको ‘स्मार्ट बचत’ योजना – १४ लाख बराबरको बीमा सुबिधा
साउन २, काठमाडौं – माछापुछ्रे बैंकले ‘स्मार्ट बचत खाता’ योजनामा बीमा सुविधा थप गरेको छ । आर्थिक वर्ष २०७६/७७ को सुरुवातसंगै बैंकले उक्त योजना अन्तर्गत आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै रु.१४ लाख १० हजार बराबरको बीमा सुविधा थप गरेको छ ।
बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा रु. १ लाखसम्मको उपचार खर्च प्रदान गर्नेछ भने वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्चसमेत उपलब्ध गराउनेछ ।
रु.५ हजार न्यूनतम मौज्दातमा खोल्न मिल्ने माछापुछ्रेको बैंकको स्मार्ट बचत स्मार्ट बचत खाताको बीमा सुविधा अन्तर्गत विभिन्न समयमा ग्राहकहरुले बीमा रकम प्राप्त गरिसकेका छ्न । जसमा बैंकले हालसम्म ११५ जनाभन्दा बढि ग्राहकलाई बीमा रकम प्रदान गरिसकेको छ ।
बैंकले स्मार्ट बचत खोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबिएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क आश्वा सुविधा र निःशुल्क अन्तर शाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको छ ।