सम्झौता अनुसार बजेट पाउनु पर्ने भन्दै, गुम्बा विहार संघ मकवानपुरद्वारा ज्ञापनपत्र बुझाइयो
साउन १, हेटौडा – भूकम्पबाट क्षतिग्रस्त गुम्बाहरुमध्ये आंशिक क्षति पुगेका तथा प्राविधिक रुपमा गरिएको ग्रेडिङ अनुसार मर्मत सम्भारका लागि विनियोजित बजेट रोक्न खोजिएको भन्दै गुम्बा विहार संरक्षण संघ मकवानपुरद्वारले ज्ञापन पत्र बुझाइएको छ ।
पुर्ननिर्माणको लागि प्राप्त बजेट सम्बन्धीत गुम्बा विहारले पाउनुपर्ने माग गर्दै जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय मकवानपुरमा बुधबार ज्ञापन पत्र बुझाइएको हो ।
भूकम्प गएको ४ वर्ष वितिसक्दा गुम्बा समितिले आफैं केही हदसम्म मर्मत सम्भार गरिसकेको भन्दै बजेट रोक्न खोजिएको र उक्त कार्य संघलाई स्वीकार्य नहुने गुम्बा विहार संरक्षण संघ मकवानपुरका अध्यक्ष निरु थिङले बताउनुभयो ।
प्राप्त हुने सो बजेटबाट सम्बन्धीत गुम्बा समितिले गुम्बामा आवश्यक अन्य संरचना, छात्रावास, वाल पाठशाला मर्मत तथा निर्माण कार्य गर्न पाउनुपर्ने माग गरेका छन् ।
इन्जिनियरबाट सर्भे भएको तर पछि पठाइएको मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने गुम्बाहरुको क्षतिको वर्गिकरण सूचिकृत गर्न पनि संघले माग गरेको छ ।