साउन २ र १० को नेपाल बन्द फिर्ता, अन्य बिरोधको कार्यक्रम यथाबत
साउन २, काठमाडौं – आरक्षण बचाऔं आन्दोलनले साउन २ गते (आज) र साउन १० गतेको आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । देशमा बाढीपहिरो र डुबान जस्ता प्राकृतिक विपत्ति आइरहेको कारण बन्द आह्वान स्थगित गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामका अनुसार, देशमा ६५ भन्दा बढी मानिसको मृत्यु, धेरै नागरिक विपत्तिमा परेकाले तत्काललाई बन्दको कार्यक्रम स्थगित गरिएको हो ।
लोकसेवा आयोगले समावेसी सिद्धान्त विपरित विज्ञापन आह्वान गरेको र सो विज्ञापन खारेज गर्न माग गर्दै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, अल्पसंख्यक लगायतले आन्दोलन गर्दै आएको छ ।
बन्दका कार्यम स्थगित रहने भए पनि अन्य विरोधका कार्यक्रम भने जारी रहने अध्यक्ष बरामले जानकारी दिए । आरक्षण बचाऔं आन्दोलनले मंगलबार राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा प्रदर्शन र सभा गरेका थिए ।