पत्रकारलाई धम्की दिनेमाथि कारवाही गर्न पत्रकार महासंघ मकवानपुरको माग

तामसालिङ खबर
१ श्रावण २०७६, बुधबार १०:१६

साउन १, हेटौडा – नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका साधारण सदस्य एवम् तु खबर डटकममा कार्यरत पत्रकार बलराम पुडासैनीलाई समाचार लेखेकै कारण ज्यान मार्ने धम्की आएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले दोषी माथि कारवाहीको लागि माग गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार पुडासैनीलाई मकवानपुरगढीका स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेले अश्लिल शब्द बोल्दै ज्यान मार्ने धम्की दिएको प्रति पत्रकार महासंघ मकवानपुर शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

समाचारको बिषयमा चित्त नबुझेमा खण्डन गर्न सकिने तथा कानुनी बाटो हुँदाहुँदै समाचारकै बिषयलाई लिएर धम्की दिनु निन्दनीय भएको भन्दै महासंघले दोषी उपर कारबाहीको माग गरेको छ ।

पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायसँग माग गर्दै जनतालाई सुसुचित पार्ने जिम्मेवारी बोकेको पत्रकारलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण सिर्जना गराउन समेत सम्बधित निकायलाइ महासंघले माग गरेको छ ।

त्यस्तै, प्रेस यूनियन मकवानपुरले एक प्रेेस विज्ञप्ति जारी गर्दै पत्रकार पुडासैनीलाई ज्यान मार्ने धम्की दिएको प्रति खेद प्रकट गरेको छ ।

पत्रकार महासघद्धारा जारी गरेको प्रेस बिज्ञप्ती:

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*