विश्व समुदायलाई नेपाल भ्रमण गर्न शिक्षा मन्त्री पोखरेलको आव्हान
न्युयोर्क – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान गर्नुभएको छ । नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाउन लागिरहेको पुर्वसन्ध्यामा मन्त्री पोखरेलले नेपाल बिश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक भएको बताउनुहुदै बिश्व समुदायलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभएको छ ।
युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा भएको दिगो बिकास लक्ष्य – ४ सम्बन्धि “हाई लेभल पोल्टिकल फोरममा” भाग लिन न्युयोर्क रहनुभएका पोखरेलले कन्सुलेट जनरल अफ नेपाल र नेपाल अमेरिका फाउण्डेसनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सह-आयोजनामा भिजिट नेपाल २०२०२ लाई सफल बनाउन आयोजित नेपालको पर्यटन कला र सस्कृती बिषयक गोष्ठीलाई सम्बोधन गर्नुभएको छ ।
कार्यक्रममा मन्त्री पोखरेलले बुद्धको जन्मभुमी, बिश्वको अग्लो समगरमाथा भएको देश नेपालको बिश्वमा छुट्टै पहिचान भएको बताउनुभयो । नेपालको स्कुल पाठ्यक्रममा असल मानवीय मुल्यहरु समेटिएको प्रष्ट पार्नुहुदै मन्त्री पोखरेलले नेपालिहरु अतिथी सत्कारको लागि राम्रो सेवा दिन सक्षम रहेको समेत बताउनुभयो ।