कुलेखानीको ड्याम खोल्ने तयारी स्थगित, टर्वाइनबाट पानीको निकास

तामसालिङ खबर
३१ असार २०७६, मंगलवार ०७:३१

हेटौंडा – मकवानपुरको उत्तरी क्षेत्रमा रहेको कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालको बाँध खोल्ने तयारी स्थगित गरिएको छ । निरन्तर पानीको कारण ताल भरिएको खतराको संकेत देखिएपछी पानीको बहाब घटाउन ड्यामको ढोका खुलाउने भनिएको थियो ।

तर यता गृह मन्त्रालयको विपद् व्यवस्थापन केन्द्रको भनाइ अनुसार अहिले पानी बढ्ने दर घटेकाले टर्वाइनबाटै नियन्त्रित निकास भइरहेकोले ड्यामको ढोका नखोलिएको बताएको छ । अहिले कुलेखानीको जलाशय पूर्ण क्षमतामा संचालनमा आउँदा प्रति घण्टा १ देखि २ सेमि पानी खपत भईरहेको छ ।

कुलेखानी जलाशयको ड्याम खोलेपनि त्यसको असर ड्याम देखि सिस्नेरी सम्म हुने र सिस्नेरी देखि कोखाजोर खोला, दोमन सम्म केही कम हुने जल तथा मौसम विभागले जारी गरेको सूचनामा बताएको छ ।

अहिले कुलेखानीको पानी बिद्युत उत्पादन गर्न लागेर बाँकी भएको पानी मात्र पठाउने भएकोले सर्लाही रौतहटको बागमती नदी जलसतहमा खासै असर नपर्ने बिभागले जनाएको छ ।

त्यस्तै विभागको अनुसार आपतकालीन आइपरेको अबस्थामा सो क्षेत्रको तटीय क्षेत्रका नमस्ते र एनसेल सिम प्रयोगकर्तालाइ पूर्ण तयारीको लागि मोबाइल सूचना मार्फत जानकारी गराइने बताइएको छ । इन्द्रसरोबर ड्याममा प्राधिकरण, कुलेखानी जलविद्युत आयोजना सहितका प्राविधिकको टोलीले निगरानी गरिरहेको छ ।

जलाशयको जलाधार क्षेत्रमा पानी परेन भने पानीको सतह बढ्ने क्रम घट्ने बताइएको छ । कुलेखानीको क्षमता भन्दा बढी पानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको थियो ।

जल तथा मौसम बिभागले सोमबार राती जारी गरेको सूचना :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*