इन्द्रसरोवर तालमा पानी भरियो, बहाब घटाउन ड्याम खोलिदै

मकवानपुर सहित चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह
तामसालिङ खबर
३० असार २०७६, सोमबार ०८:०६

हेटौंडा – मकवानपुरको उत्तरी क्षेत्रमा रहेको कुलेखानीको इन्द्रसरोवर ताल भरिएको छ । बिहिबार देखि परेको निरन्तर पानीको कारण ताल भरीएर खतराको संकेत देखिएपछी पानीको बहाब घटाउन ड्यामको ढोका खुलाउने भएको छ ।

कुलेखानीमा क्षमता भन्दा बढी पानी भरीएकोले त्यहाँबाट बग्ने पानीले चार जिल्लामा खोला आसपासका जिल्लामा बाढीको खतरा हुने भएकाले सत्रर्क रहन मकवानपुरको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आग्रह गर्नुभएको छ । बिहान ८ बजेबाट कुलेखानी ड्यामको ढोका खोलेर पानी बाहिर छोडिने भएको छ ।

जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले इन्द्रसरोवरको ड्याम खोलेर पानीको बहाब घटाउन लागिएको हो । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको पानी निकाल्न लागिएको हो । कुलेखानीको क्षमता कुल १५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १५ सय २५ दशमलब ४ मिटर पानी भरीसकेको छ ।

कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोबर, बागमती गाउँपालिका, सर्लाही, रौतहट, सिन्धुली जिल्लाका नदि छेउमा रहेका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*