खुसीको घर बालआश्रमलाइ सहयोगार्थ फिल्म प्रदर्शन हुने
काठमाडौ – ‘खुसीको घर’ अनाथ बाल आश्रमलाइ सहयोगार्थ आउदो साउन ३२ गते शनिबार राष्ट्रिय नाचघर जमलमा चलचित्र प्रदर्शन संगै सास्कृतिक कार्यक्रम हुने भएको छ ।
तिन नम्बर प्रदेशको उप-सभामुख राधिका तामाङको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा तामाङ भाषाको चलचित्र “टुहुरोला ल्हुइ” ( टुहुरोको जिन्दगी ) विशेष च्यारिटी शो गर्दै जगत स्मृति प्रतिस्ठानले अनाथ बाल आश्रमलाई सहयोग गर्ने अध्यक्ष पदम बहादुर तामाङले बताउनु भयो ।
बल्खुमा फलफूलको व्यवसायी गर्दै गरेका तामाङ कामको शिलशिलामा खुसीको घर आश्रम परिसर पुग्दा त्यहाँको अवस्था देखेपछि केही राहत सहयोग गर्नुपर्ने महसुस गर्दै सो कार्यक्रमको आयोजना गरेको छ ।
आश्रममा अनाथ बालबालिकाहरुलाई बस्ने ब्यबस्थापन गरे पनि खाना पानीको सुबिधा उपलब्ध गराउन आर्थिक हिसाबले मुस्किल हुने अवस्थालाई कम होस भन्ने भावना अनुरूप आयोजना गरिने प्रतिस्ठानका अध्यक्ष तामाङले जनाकारी दिनुभयो ।
बिनय दोङ तामाङद्वरा निर्देशित “टुहुरोला ल्हुइ” यस अघि पनि राष्ट्रिय नाचघर जमलमा बिकट गाउँमा खानेपानीको लागि सहयोगार्थ चलचित्र प्रदर्शन गरेको थियो ।
महाभुकम्पले अभिभाबक गुमाएर अनाथ टुहोरो भएको बच्चाको जीवन संघर्ष कथामा आधारित चलचित्रले अनाथ बाल बालिकाको लागि जीवन संघर्ष र आइपर्ने चुनौती समाधानको लागि प्रेरणा मिल्ने र फिल्मबाट केही सिक्ने निर्देशक दोङले बताए ।
फिल्म प्रदर्शन संगै अनाथ बाल बालिकाहरुलाई फलफूल तथा राहत बितरण सहितको बिशेष कार्यक्रम हुने बताएको छ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ कालिन्चोकमा रहेको उक्त प्रतिष्ठान तामाङको बुवाको स्मृतिमा स्थापना गरेको सामाजिक सस्था हो ।