काठमाण्डौमा चलचित्र ‘बज्र’को प्रिमियर शो
काठमाण्डौ – तामाङ भाषाको चलचित्र ‘बज्र’को शनिबार काठमाण्डौमा प्रिमियर सो गरिएको छ । चलचित्र विकास बोर्डको सभा हलमा भएको विशेष कार्यक्रमका बीच चलचित्रको प्रदर्शन गरिएको हो ।
जिम्बा फिल्मस प्रोडक्शन तथा सर्लाही समुहको सातौं प्रस्तुतिमा निर्माण गरिएको चलचित्रमा दिलकुमार घलान झाक्री, मंगलीमाया स्याङतान र विनोद स्याङ्बोको संयुक्त लगानी रहेको छ ।
प्रिमियर प्रदर्शनको बिशेष कार्यक्रममा तामाङ चलचित्रको क्षेत्रमा योगदान पुर्याएका कलाकारहरुलाई प्रशंसा पत्रबाट सम्मान पनि गरिएको थियो । गैर-तामाङ भएर पनि आफ्नो आवाजहरुले थुप्रै तामाङ चलचित्रको गीतहरुमा स्वर दिएका सुवास नेपालीलाइ समेत सम्मान गरिएको थियो ।
सामाजिक विसंगतिलाई इंगित गरि समाजमा सु-व्यवस्था निर्माण गर्न सन्देश दिन खोजिएको फिल्मको कथा भने कलाकार कृष्ण लामाले लेखेका हुन् । फिल्म आउँदो साउन १ गते बौद्धको सिद्धार्थ हलमा तीन शो र चाबहिलमा रहेको के एल टावरमा समेत सोही दिन फिल्मको प्रदर्शन गरिने तयारी रहेको चलचित्रका निर्देशक निमा लामा तामाङले बताउनु भयो ।
फिल्ममा कृष्ण लामा, कृति स्याङ्तान, पुसन लामा, विनोद स्याङबो, भुमि मोक्तान, सुवास घिसिङ (मुन्द्रे), सुनलाल वाईबा, तिर्थ लामा, दिनेश थोकर लगायतको मुख्य अभिनय रहेको छ । फिल्ममा समाबेश गीतमा शब्द/संगीत निर्देशक लामा कै रहेका छन भने गायक विशाल काल्तान, शुभ तामाङ र निर्मला घिसिङको स्वर रहेका छन । द्वन्द निर्देशक सुरज श्रेष्ठको रहेको फिल्ममा छायांकन तथा सम्पादन विश्वास भण्डारीले गरेका हुन् ।
छिट्टै नै हलहरुमा प्रदर्शनको तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । तमाङ समुदाय बाहुल्यता रहेको जिल्ला सर्लाही, मकवानपुर, काभ्रे, काठमाडौं लगायतका विभिन्न स्थानमा प्रदर्शन गरिने समेत बताए ।
ट्रेलर हेर्नुहोस: