शिल्पा र छविले गरे झगडा नगर्ने सहमति
काठमाण्डौ – प्रहरीको रोहबरमा नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाले आगामी दिनमा झगडा नगर्ने सहमति गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीहरुबीच झगडा नगर्ने सहमति भएको हो ।
नायिका पोखरेलले आफ्ना श्रीमान ओझाबाट आफूलाई खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले दुवै जनालाई कार्यालयमा बोलाएर सहमति गराएको हो ।
नायिका शिल्पा पोखलेरले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएको र त्यही उजुरीका आधारमा दुवै पक्षबीच सहमति भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीलले बताए ।
उनीहरु एक अर्कासँग बस्ने नबस्ने भने उनीहरुको व्यक्तिगत कुरा भएको बोगटीले बताए । शान्ति सुरक्षाको माग गर्दै शिल्पाले गत सोमबार जिल्ला प्रशासनमार्फत् प्रहरीमा छविविरुद्ध उजुरी दिएकी थिइन् ।
शिल्पा अहिले चलचित्र निर्माता बिकास रौनियारको घरमा बसेकी छन् । शिल्पा ओझाकै कारण नेपाली चलचित्र क्षेत्रमा स्थापित भएकी थिइन् । तर उनी चौथो श्रीमतीको रुपमा ओझाको घर भित्रिएकी थिइन् ।