प्रभु बैँकले ५ मुलुकमा सम्पर्क कार्यालय खोल्ने

तामसालिङ खबर
२६ असार २०७६, बिहीबार ०२:३२

काठमाडौं – प्रभु बैंकले अष्ट्रेलियाको, सिड्नी, भारतको राजधानी, दिल्ली, मलेसियाको राजधानी, क्वालालाम्पुर, कतारको राजधानी, दोहा र संयुक्त अधिराज्य बेलायतको, एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क प्रतिनिधि कार्यालयहरुबाट बैंकले आफ्नो सेवा प्रारम्भ गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*