तिन नम्बर प्रदेशका सहकारी मन्त्री लामालाई पत्नी शोक

तामसालिङ खबर
२१ असार २०७६, शनिबार ०८:३१

हेटौंडा – तिन नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नी शोक परेको छ ।

उनको क्यान्सर पिडित पत्नी कान्छिमाया लामाको ५८ बर्षको उमेरमा हेटौडा स्थित सरकारी निवासमा आज बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामाको शवलाई भण्डारा ल्याउने तयारी भइरहेको र निजि निवासमा बौद्ध परम्पराअनुसार अन्त्यष्टि गरिने जनाइएको छ । लामा बिगत एक बर्ष देखि कलेजोको क्यान्सरसँग लड्दै आएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*