तोकिएको समयमा नै हेटौडा बजारको सडक फराकिलो बनाइने

तामसालिङ खबर
१९ असार २०७६, बिहीबार १९:२०

हेटौडा – पुर्बपश्चिम राजमार्ग अन्तर्गत हेटौडा बजार क्षेत्रमा पर्ने सडकको २५ मिटर भत्काउन डिभिजन सडक कार्यालय मकवानपुरले तोकिएको समयमा नै सडक विस्तार गर्ने तयारी थालेको छ । बुधबारदेखि बजार क्षेत्रको लगत संकलनको काम थालिसकेको छ । यस अघि कर्रादेखि बुद्धचोक र राप्तिरोडसम्मको लगत लिईसकेको छ ।

२/४ दिनमै लगत संकलनको काम सकिए लगतै संकलनको काम सकिएपछि २५ मिटर क्षेत्रमा रहेका घर टहरा हटाउन शुरु हुने डिभिजन सडक कार्यालयले जनाएको छ । कार्यालयले निकालेको सूचना अनुसार असार २२ गतेसम्म घरटहराहरु आँफै भत्काउन आग्रह गरेको छ । यदि आफैँ नभत्काएमा डोजर लगाएर घर भत्काइने डिभिजन सडक हेटौंडाले जनाएको छ ।

यसअघि आंशिक रुपमा मात्र घर भत्काएर छोडिएको २५ मिटर सडक विस्तारलाई यसपटक निरन्तरता दिने डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ । सर्वपक्षीय छलफलबाट सडक फराकिलो बनाउने योजनामा कार्यालय लागेको उनको भनाई छ ।

प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले १६/१६ मिटर कायम गराउन संघीय सरकारमा पहल गर्ने निर्णय गरेपनि यसबारे कुनै निर्णय नभएकाले २५/२५ मिटर नै भत्किने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*