विप्लब मकवानपुर भन्छन, ‘प्रहरी अप्रेसनले जनतामा त्रास फैलायो’ (प्रेस बिज्ञप्ति)

तामसालिङ खबर
१७ असार २०७६, मंगलवार २३:००

हेटौंडा – विप्लब समूहको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले प्रहरी अप्रेसनले मकवानपुरका जनतालाई डर आतंक फैलाएको बताएको छ । पार्टीको नेता, कार्यकर्ता, गिरफ्तार, हत्या, हिँसा, दमन प्रतिबन्ध जस्ता अपराधिक क्रियाकलाप गरि देशमा युद्ध निम्त्याउन खोजिएको बिज्ञप्तिमा उल्लेख छ ।

मंगलबार विप्लव समुहको मकवानपुरका सेक्रेटरी अनुरागले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘दलाल सामाजिक फासिबादि सरकारले जनतामा अशान्त, डर, त्रास बनाउने उदेश्यले आज भोलि मकवानपुर जिल्लामा पनि विकट गाउँ बस्ती डाँडाबास, गोगने, आग्रा, भर्ता, कैलाश,खैराङ लगायतको ठाउँहरुमा प्रहरी अप्रेसनले जनतामा डर आतंक फैलाएको छ । यो अभियान तुरुन्त फिर्ता गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन चाहन्छौ ।” बिज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस प्रेस विज्ञप्ती :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*