कत्लेखोला पुल बनेपछि, प्रतापपुर रमौलीबासीलाइ सहज
हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ र ७ जोड्ने कत्ले खोलामा पुल निर्माण सम्पन्न भएपछी मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । मनहरी गाउँपालिकाको ५७ लाख र स्थानिय जनश्रमदान ११ लाख गरि कुल ६८ लाखको लागतमा निर्माण भएको पुल गाउपलिकाको अध्यक्ष एकराज उप्रेतीले उदघाटन गरिएको हो ।
जनस्तरमा आबश्यक भएका बिभीन्न योजनाहरुलाई प्राथमिकताका साथ अगाडी बढाउने अध्यक्ष उप्रेतीले बताउनु भयो । जनप्रतिनिधीहरु स्थानिय सेवाग्राहीहरुको समस्याको हलका गर्नका लागि आएको भन्दै उनले सबै क्षेत्रमा समान विकास गर्नमा स्थानिय सेवाग्रहीको ठुलो भुमिका हुने बताए । कत्ले खोलामा पुल निर्माण भएपछि प्रतापपुर र रमौलीका बासिन्दा खुसी भएका छन् । उक्त पुलको १३ मिटर लम्बाइ ७ मिटर चौडाई रहेको छ ।
पुल बनेपछि बालबालिकालाई विद्यालय आउन-जान लगायत तरकारी ओसार पसार गर्न सजिलो भएको स्थानीय युवा समाजसेवी भरत ब्लोनले बताए । उनका अनुसार कत्लेखोला पुल नहुँदा हरेक बर्ष बर्षायाममा उर्लने भेल बाढीले प्रतापपुरका गाउँहरु जोखिम पार्नुका साथै आवागमनमा समेत असर पार्ने गरेको थियो ।
निर्माण सम्पन्न भएको पुलको उदघाटन मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष मनिला बिष्ट, वडा नम्बर ६ को वडाध्यक्ष गोपीलाल मुक्तान, युवासंघ नेपाल प्रदेश नम्बर ३ का सचिवालय सदस्य नविन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।