मनहरीमा सात दिने पत्रकारिता तालिम

तामसालिङ खबर
१४ असार २०७६, शनिबार ०५:१२

मनहरी – पश्चिम मकवानपुरको मनहरीमा ७ दिने निशुल्क आभारभुत पत्रकारिता तालिम सुरु भएको छ । कैलास गाउँपालिकाको सहयोग तथा फिलिङगो मिडीया प्रालिको आयोजनामा तालिम सञ्चालन गरेको हो । तालिमा कैलास गाउँपालिकाको १० वटा बाट २० जना सहभागि रहेका छन ।

ग्रमिण भेगमै सञ्चारकर्मिको उत्पादन गरि उक्त स्थानको विकासे सामाचार तथा अन्य सुचनाहरुलाई मुलधारमा ल्याउने कार्यमा सहयोग होस भन्दै तालिमको आयोजना गरिएको फिलिङगो मिडियाका प्रबन्ध निर्देशक रामकुमार एलनले बताए । ग्रामिण भेगमा भएका सुचनाहरु बाहिरा ल्याउनका लागि तालिमले सहयोग गर्ने तालिममा सहभागी निश्चल मोक्तानले बताए ।

सहभागिहरुलाई रेडियो कार्यक्रम उत्पादन, प्रस्तुकरण तथा सामाचार लेखन तथा सामाचारकोा स्रोतको पहिचानको बारेमा प्रशिक्षण दिइने प्रबन्ध निर्देशक एलनले बताए ।

सहभागीहरुलाई जनता टेलिभिजनका रामकुमार एलन, गोरखापत्र दैनिक मकवानपुर संबादाता शिव कुमार काशी, मकवानपुरका चर्चित रेडियोकर्मि रिपेश दाहाल तथा अन्य अनुभवि प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*