मनहरी गाउपलिकाको ४ सय ५३ योजना तथा कार्यक्रम सपन्न

जयराम मोक्तान
१४ असार २०७६, शनिबार १०:०४

हेटौडा (मनहरी) – मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ४ सय ५३ वटा योजना तथा कार्यक्रमहरु सम्पन्न गरेको छ । गाउँपालिकाको बिभीन्न स्थानमा गाउँपालिकाबाट विनियोजित वजेटबाट ति योजनाहरु सम्पन्न गरेको हो ।

गत आर्थिक वर्षमा सबै भन्दा बढि सडक बिस्तारमा स्थानिय सरकार केन्द्रित रहेको छ । सडक विस्तार ३३ हजार ४ सय मिटर सडक बिस्तार भयो भने सबै भन्दा कम बिद्युत लाईन बिस्तार तथा ब्यवस्थापन पक्षमा भयो ।

गाउँपालिकाको बिभीन्न वडामा ५ वटा बिद्युतिया योजना मात्रै सम्पन्न भएको थियो । विशेष गरेर विकासको पहिलो खुड्किला भन्दै स्थानियहरुले सडक बिस्तरमा ध्यान केन्द्रित गरेको पाइयो ।

त्यस्तै नयाँ ट्रयाक खोल्ने कार्य करिब ३० हजार २ सय मिटर ,सडक ग्राभेल २४ हजार ३ सय मिटर, स्लाव ढलान ३५ सय २० मिटर , बिद्यालय पुर्वाधार निर्मँण २९ वटा, सामुदायिक तथा स्वास्थ्य भवन निर्माण १५ वटा, बिभीन्न वडामा तटबन्धन निर्माण ४४ वटा , सिचाई योजना मर्मत २३ वटा , खानेपनि योजना निर्माण तथा मर्मत ८१ वटा र गाउँपालिकाको बिभीन्न स्थानमा १७ वटा बिभीन्न योजनाको डिपीआर तयारी हुदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*