तिन नम्बर प्रदेशमा ए प्लस ल्याउने संख्या धेरै, कर्णाली प्रदेशमा न्यून
भक्तपुर – बिहिबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को सार्वजनिक नतिजामा ए प्लस ल्याउनेको संख्या तिन नम्बर प्रदेशमा धेरै देखिएको छ । तिन नम्बर प्रदेशमा १० हजार ६८ जना बिद्यार्थीले ए प्लस ल्याउने प्रदेशमा रहेको छ भने कर्णाली प्रदेशमा भने सबै भन्दा कम १४६ जना विद्यार्थीले मात्र ए प्लस ल्याउन सफल भएका छन् ।
यस्तै प्रदेश नम्वर १ मा १९८४ बिद्यार्थीले ए प्लस ल्याएका छन् भने २ मा ९३१ जनाले , गण्डकी प्रदेशमा १८१८, प्रदेश ५ मा १६८४, कर्णालीमा १४६ , सुदुरपश्चिम प्रदेशमा २५१ जनाले ए प्लस ल्याएका छन् ।
परिक्षामा संलग्न विद्यार्थीहरुमा निजीबाट परिक्षा दिनेमा ए प्लस ल्याउने ५ गुणाको फरक देखिएको छ । निजी विद्यालयका १४ हजार ७८८ जनाले ए प्लस ल्याउँदा सामुदायिक विद्यालयका २७९२ जनाले मात्र ए प्लस ल्याउन सफल भएका हुन् । परिक्षालाई सामुदायिक र निजीबाट तुलना गर्ने हो भने ए ल्याउने सामुदायिक विद्यालयका ११२२३ रहेका छन् भने निजीका ३९९१४ जना रहेका छन् ।
टेक्निकल तर्फ देशभर ६९८ को ए प्लस
यस्तै गत चैत मा नै सम्पन्न टेक्निकल तर्फको परिक्षामा भने ६९८ जनाले ए प्लस ल्याएका छन् । यस्तै २१७७ जनाले ए ल्याएका छन् भने ३०३५ जनाले बी प्लस, २४५४ले बी, ९०८ ले सी प्लस, ९८ ले सी, १ जनाले डी प्लस ल्याएका परिक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
प्रदेश २ का विद्यार्थी कमजोर
प्रदेश नम्वर २ बाट परिक्षामा संलग्न रहेका विद्यार्थीमा सवै भन्दा कम जीपीए ल्याउने विद्यार्थी बढि देखिएका छन् । सबै भन्दा कम अर्था ०.८ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्यामा प्रदेश २ का १४५४ विद्यार्थी रहेका छन् ।
देशभरबाट ३ लाख २५ हजार ३३० सामुदायिक विद्यालयमा पढने विद्यार्थी परिक्षामा संलग्न रहेका थिए भने १ लाख ३३ हजार ९४५ निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी रहेका थिए । एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । गत १० चैतबाट २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।