एसईई नतिजा: कुन ग्रेडिङले कुन-कुन बिषय पढ्न पाउने

तामसालिङ खबर
१२ असार २०७६, बिहीबार १९:४७

काठमाण्डौ – बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

केहीवर्ष अघिदेखि लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै विद्यार्थीहरुमा कुन ग्रेड आए कक्षा ११ मा कुन विषय पढ्न पाउने अझै स्पष्ट हुन सकेका छैनन् । शिक्षा मन्त्रालयले यस सम्बन्धमा स्पष्ट मापदण्ड बनाए पनि विद्यार्थी र अभिभावकसम्म पुग्न नसक्दा अन्यौलता सिर्जना भएको हो । शिक्षा मन्त्रालयले बनाएको मापदण्ड पनि अपूर्ण छ ।

‘लेटर ग्रेडिङ’ प्रणाली शैक्षिक सुधारका लागि विश्व बैङ्कले ल्याएको अवधारणा हो । विश्वका एकसय ४६ मुलुकमा ग्रेडिङ प्रणाली लागू भएको छ । यद्यपि कतिपय देशहरुमा यो प्रणाली असफल समेत भएका छन् । ‘लेटर ग्रेडिङ’ प्रणाली अन्तर्गत नौ श्रेणीहरु छुट्याएको हुन्छ । जसमा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन हुन्छ ।

९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइन्छ । ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बी प्लस, ६० देखि ६९ सम्मकालाई बी श्रेणी भनी छुट्याइएको छ । त्यसैगरी ५० देखि ५९ सम्मकालाई सी प्लस, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ र १ देखि १९ सम्मलाई एन अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको छ ।

विज्ञान समूह अध्ययन गर्न २.० जीपीएका साथै गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस चाहिने प्रावधान छ । यस्तै व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्नेछ भने मानविकी र शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक छ ।

त्यसैगरी प्राविधिकको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस चाहिन्छ । इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी, अंग्रेजीमा डी प्लस ल्याउनुपर्ने प्रावधानन गरेको मन्त्रालयले कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने व्यवस्था लागू गरेको छ ।

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

कति प्रतिशत ल्याउँदा जीपिए कति हुन्छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*