६ मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने

तामसालिङ खबर
१२ असार २०७६, बिहीबार ०८:४६

काठमाडौं – सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।

आकांक्षी सांसदहरुसँग छलफल गर्न आज (बिहीबार) प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।

अर्का अध्यक्ष दाहालले जनार्दश शर्मा, प्रभु शाह र देवेन्द्र पौडेललाई आफ्नो निवास खुमलटार बोलाएका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*