निगमले २ अर्ब ९६ करोड किस्ता तिर्न सकेन
काठमाण्डौ – कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन ।
निगमले दुवै कोषलाई तीन महिने किस्ता अन्तर्गत असार, असोज, पुस र चैतमा १ अर्ब १३ करोडका दरले चार किस्तामा ४ अर्ब ५२ करोड रकम तिर्नुपर्छ । पुष यता निगमले यी दुवै निकायलाई किस्ता बापत २ अर्ब ९६ करोड रुपैयाँ तिर्न सकेको छैन ।
निगमको अर्थ विभागले असार मसान्तभित्र बुझाउनुपर्ने किस्ता पनि तिर्न नसकिने जनाएको छ । अर्थ मन्त्रालय सँग २० अर्ब रुपैयाँ पायौं भने अहिलेलाई पुष यता तिर्न बाँकी किस्ताका लागि राहत होला ।’