‘डम्फुमी ह्राप्सी’ लाई ४ लाख भन्दा बढी भ्युज

तामसालिङ खबर
११ असार २०७६, बुधबार ०८:५२

हेटौडा – तामाङ कथानक चलचित्र ‘ङिङ्जे’ को ‘डम्फुमी ह्राप्सी’ बोलको गीतले युट्युबमा चर्चा कमाउन सफल भएको छ । गीतमा चलचित्रका नायक अमिर दोङ र नायिका सुस्मा थिङ सहित अन्य कलाकारहरुको अभिनय छ ।

चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म ४ लाख २२ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा रोशन लामा र जीतु लोप्चनको आवाज रहेको छ । गीतको शब्द रुपेन मोक्तानले लेखेका हुन् । रोशन लामाको संगीत रहेको छ ।

चलचित्रको यस अघि नै दुई अन्य गीत समेत सार्वजनिक भइसकेको छ । चलचित्रको कथा र स्क्रिप्ट ऋतुराज पाख्रिनले लेखेका छन् । अमिर दोङको निर्देशन रहेको चलचित्रमा अमिरसँगै सुश्मा थिङ,रुपा एस घले, पुष्पाञ्जली लोप्चन, कुइसङ रुम्बा, पदम दोङ, मोनिका मोक्तान, अनिता नेगी, रञ्जिता लामा, सोम मोक्तान, बाल कलाकारमा सजिना लोप्चन लगायतको अभिनय रहेको छ ।

चलचित्रका कार्यकारी निर्माता तेनेराज दोङ र प्रबिन घिसिङ हुन् । छायांकन तथा सम्पादनको जिम्मा विक्रम लामा मोक्तानले लिएका छन् । चलचित्रमा राजु दोङको द्वन्द र कृष्ण ब्लोनको कोरियोग्राफी रहेको छ । चलचित्रलाई रञ्जिता लामा र दिपेन्द्र लोप्चन तामाङले निर्माण गरेका हुन् ।
हेर्नुहोस् गीत

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*