इन्द्रसरोवर गाउँपालिकाले ३० करोडको वजेट प्रस्तुत

तामसालिङ खबर
११ असार २०७६, बुधबार ०८:०७

हेटौडा (इन्द्रसरोबर) – मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिकामा भएको पाँचौं गाउँसभाबाट आर्थिक वर्ष २०७६/०७७ को लागि ३० करोड २८ लाख बजेट प्रस्तुत गरेको छ ।

मंगलबार गाउपालिकाको सभाहलमा भएको गाउसभामा “प्रयोग मैत्री संरचना शिक्षा, पर्यटन र कृषि, समतामूलक बिकास इन्द्रसरोवरको समृद्धि” नारा सहित नीति, कार्यक्रम समेत सर्वसम्मत पास गरेको छ ।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा भएको सभामा वजेटमा आय तर्फ संघिय सरकारबाट प्राप्त अनुदानमा वित्तीय समानिकरण अनुदान ७ करोड ४ लाख, सशर्त अनुदान ७ करोड ७८ लाख, राजश्व बाँडफाड ५ करोड १९ लाख, विद्युत रोयल्टी बापत १ करोड ३८ लाख १० हजार ८ सय ६५ रुपैयाँ गरी संघिय सरकारबाट प्राप्त अनुदानमा २१ करोड ३९ लाख १० हजार ८ सय ६५ रुपैयाँ रहेको छ ।

यस्तै प्रदेश सरकारवाट प्राप्त अनुदानमा वित्तीय समानिकरण अनुदान ९८ लाख ९७ हजार, सवारी साधन कर बापत १ करोड ४० लाख २१ हजार रुपैयाँ गरी प्रदेश सरकारवाट प्राप्त अनुदानमा जम्मा २ करोड ३९ लाख १८ हजार रुपैया रहेको छ ।

आन्तरिक आयबाट २ करोड ५० लाख, बाँकी संचितकोष मौज्दात अनुमानित २ करोड र सामाजिक सुरक्षा भत्ता २ करोड गरि कुल आय तर्फ ३० करोड २८ लाख २८ हजार ८ सय ६५ रुपैयाको बजेट रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*