मकवानपुरगढी गाउँपालिकाको ४९ करोड ९० लाखको बजेट
हेटौंडा : मकवानपुरगढी गाउँपालिकाको चौथो गाउँ सभामा आगामी आर्थिक वर्षका लागि ४९ करोड ९० लाख ५८ हजारको बजेट प्रस्तुत गरिएको छ । मकवानपुरगढी गाउँपालिका ३ नम्बर वडाध्यक्ष भागवत घिमिरेले प्रस्तावित आय व्यायको अनुमानित विवरण सभामा पेश गरेका छन् ।
आयतर्फ संघीय सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत ९ करोड ८४ लाख, प्रदेश वित्तीय समानीकरण अनुदान १ करोड १ लाख १८ हजार, संघीय सरकार राजस्व बाँडफाँड ७ करोड ९० लाख, खानी खनिज तथा विद्युत रोयल्टी बाँडफाँडबाट १ करोड ८ लाख ३२ हजार, प्रदेश सवारी साधन राजस्व बाँडफाँड १ करोड १७ लाख २० हजार, ढुङ्गा, गिटी, बालुवा (नदिजन्य पदार्थ) राजस्व बाँडफाँड ४ करोड गरी जम्मा राजस्व बाँडफाँडतर्फ १४ करोड ७० लाख ५२ हजार रहेको छ ।
आन्तरिक आयतर्फ २ करोड ३६ लाख १ हजार, संघीय सरकार सशर्त अनुदान (शिक्षा, स्वास्थ्य, कृषि, पशु, उर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रम) १७ करोड १७ लाख, प्रदेश सरकार सशर्त अनुदान २१ लाख ८७ हजार, संघीय सरकार समपुरक अनुदान २ करोड, प्रदेश सरकार समपुरक अनुदान २ करोड र हेटौंडा सिमेन्ट उद्योग सशर्त अनुदान ५० लाख गरी आय ४९ करोड ९० लाख ५८ हजार रहेको बजेटमा उल्लेख छ ।
व्यायतर्फ कूल बजेटको पुँजीगत २५ करोड ५६ लाख ७१ हजार र चालुतर्फ २४ करोड ३३ लाख ८७ हजार रहेको नीति तथा कार्यक्रमका उल्लेख रहेको छ ।