१५५ जिल्ला कमिटिले सपथ लिए संगै नेकपा चितवनमा पूर्णता (नामावली)
चितवन – नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी चितवनले पूर्णता पाएको छ । तत्कालिन नेकपा एमालेबाट ८० र तत्कालिन माओवादी केन्द्रबाट ७५ जना समावेश हुनेगरी जिल्ला कमिटी गठन भए सँग यसले सोमबार पूर्णता पाएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको क्यान्सर अस्पतालको सभाहलमा आयोजित कार्यक्रम मार्फत जिल्ला कार्यसमितिका सदस्यहरुलाई सपथग्रहण गराएका हुन् ।
यसअघिनै पार्टीले तत्कालिन माओवादी केन्द्रका नेता यमबहादुर परियारलाई जिल्ला कमिटीको अध्यक्ष तथा तत्कालिन एमालेका नेता कृष्णभक्त पोखरेललाई सचिवमा चयन गरिसकेको थियो ।
हेर्नुहोस जिल्ला कमिटिको सदस्यहरुको नामावली: