वीरगञ्ज महानगरपालिकाको ४ अर्ब ४८ करोडको बजेट

तामसालिङ खबर
१० असार २०७६, मंगलवार १०:३२

पर्सा – वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि ४ अर्ब ४८ करोडको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ को बजेट प्रस्तुत गर्नुभएको हो । आउँदाे आर्थिक वर्षको नीति कार्यक्रममा सडक, आधारभूत स्वास्थ्य र शिक्षालाई बढी महत्व दिइएको छ ।

सडक पूर्वाधारहरुको विकास तथा स्तरोन्नति, आधारभूत तथा माध्यमिक शिक्षा र त्यसको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य, खोप र पोषण, स्वच्छ खानेपानी, ढल तथा सरसफाइ, कृषि, सिँचाइ, पशुपालन र पर्यटन, युवा तथा खेलकुदको विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन र सेवा प्रवाह, अधुरा आयोजनाहरुको कार्यान्वयन, उज्यालो वीरगञ्ज अभियान, हरित वीरगञ्ज अभियान, प्लाष्टिक तथा ध्वनी प्रदूषणमुक्त वीरगञ्जजस्ता विषयलाई प्राथामिकता दिइएको छ ।

घर बहाल कर १२ प्रतिशत लाग्दै आएकोमा आगामी आर्थिक वर्षदेखि १० प्रतिशत मात्र लिइने भएको छ । व्यवसाय करलाई समसामयिक बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । हालसम्म दर्ता नभएका तथा दर्ता भएका तर नवीकरण नभएका व्यवसायका लागि २०७६ असोजभित्र दर्ता हुन आउनेलाई विगत ३ वर्षको व्यवसाय कर मात्र लिई जरिबानामा छुट गर्ने जनाएको छ ।

त्यस्तै सवारी व्यवस्थापन शुल्क यथावत कायम गर्दै निजी सवारी साधनमा पटके शुल्क हटाइएको छ । गैरसरकारी संघ संस्थाहरुलाई लगाइँदै आएको व्यवसाय कर ३ हजार खारेज गरी सूचीकृत शुल्क मात्र लिइने महानगरपालिकाले जनाएको छ । उज्यालो अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*