बुद्धचित्तमा विवाद : शान्तिक्षेत्र बौद्ध लगातार अशान्त (भिडियो)

अर्जुन पाख्रिन
९ असार २०७६, सोमबार १४:०१

काठमाडौं – बौद्ध घ्याङ तथा मेलम्ची गुठीले बौद्ध क्षेत्रमा मनपरी गरेको भन्दै बौद्धका स्थानीय बासिन्दा र गुठीकै सदस्यहरुले विरोध प्रदर्शन गरेको छ । विरोधमा उत्रिएका बौद्धबासीहरुले बौद्ध घ्याङ तथा मेलम्ची गुठीको कार्यालयमा तालाबन्दी समेत गरेको छ । प्रदर्शनको क्रममा प्रहरी र आन्दोलनकारीबीच केहीबेर झडप समेत भएको छ ।

बौद्धमा भएको प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले समिति विरुद्ध बौद्ध घ्याङ तथा मेलम्ची गुठीले प्रहरीमा दिएको उजुरी फिर्ता लिनुपर्ने बताए । उनले बौद्ध घ्याङ तथा मेलम्ची गुठीले बौद्धका स्थानीयलाई बेवास्ता गर्दै काम नगर्न समेत चेतावनी दिए ।

बौद्ध परिसरमा तीन वटा बुद्धचित्त मालाको रुखको विषयलाई लिएर विवाद सुरु भएको हो । बौद्ध परिसरभित्र फलेको बुद्धचित बौद्ध घ्याङ तथा मेलम्ची गुठीले तीन वटै रुखको माला ४ लाखमा बिक्री गर्ने तयारी गरेका थिए । तर, बौद्धनाथ क्षेत्र विकास समितिले असार ३ गते संस्थागत निर्णय नै गरेर विकास समितिका बोर्ड सदस्य मनोज मोहन लामालाई बुद्धचित टिप्न अख्तियारी दिए ।

अख्तियारी पत्र अनुसार, संयोजक लामा, कर्मचारीद्धय सन्दिप महर्जन र दिप बहादुर कामीका साथै बौद्ध परिसरका बगैँचा माली कार नाम्ग्याल लामाले असार ५ गते बुद्धचित टिपेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ ।

बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख सल्लाहकार योगेन्द्र घिसिङले भने बौद्धनाथ क्षेत्र विकास समितिका कर्मचारी मनोज लामाले बौद्धको बुद्धचित्त चोरी गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिए । बौद्धका स्थानीयले भने बौद्धनाथ क्षेत्र विकास समितिका कर्मचारी मोहन लामालाई चोरीको आरोप लगाएका कारण गुठीको विरुद्धमा विरोधमा उत्रिएको बताएका छन् । #नागरिक खबर

नागरिक खबर टिभिमा भिडियोको केहि अंश हेर्नुहोस :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*