विप्लवको छोरा स्वास्थ्य शिविरमा व्यस्त

तामसालिङ खबर
९ असार २०७६, सोमबार १३:३३

कपिलबस्तु – सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भूमिगत छन् । उनको गाउँ कपिलबस्तुको शिवगढी नगरपालिका वडा नं ३ भगवानपुरमा शनिवार र आइतवार सयौं नागरिकका लागि छोरा प्रकाश चन्दको नेतृत्वमा स्वास्थ्य शिविर गरिएको छ ।

भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विप्लव निकट जन स्वास्थ्यकर्मी महासंघको संयोजनमा शहिद स्मृति प्रतिष्ठानले निशुल्क स्वास्थ्य शिविर गरेको हो । शिविरबाट सयौं बिरामीले उपचार पाएका छन् ।

विप्लव पुत्र प्रकाश अहिले चितवन मेडिकल कलेजमा मेडिकल साइन्स अध्ययन गरिरहेका छन् । उनी जन स्वास्थ्यकर्मी महासंघका महासचिव समेत हुन् । राज्यले गर्नुपर्ने काम आफूहरुले गर्न बाध्य भएको बताउँदै उनले आगामी दिनमा यसलाई निरन्तरता दिने बताएका छन् ।

शिविरमा झण्डै १४ सय स्थानीयको सहभागिता थियो । शिविरका लागि विशेषज्ञ चिकित्सक, स्वास्थ्य कर्मी लगायत झण्डै ४० जनाको समूह शिवगढी पुगेको थियो । #नागरिक खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*