सबै क्षेत्रको विकासका लागि युवाहरुलाई समेट्न आग्रह

तामसालिङ खबर
९ असार २०७६, सोमबार ०७:४८

हेटौडा (मनहरी) – स्थानिय स्तरको विकासका लागि स्थानिय युवाहरुलाई नै समेट्नु पर्ने मनहरीमा भएको एक कार्यक्रमका सहभागिहरुले बताएका    छन । हरेक क्षेत्रको समृद्धी हुन युवाहरुको सहभागिता विना सम्भव नरहेको उनिहरुको भनाइ छ । शुक्रबार मनहरी गाउपालिकाको वडा नम्बर ९ रजैयामा रहेको क्लब भवनमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रलयको राष्ट्रिया युवा परिषद सानो ठिमी भक्तपुरको आयोजनमा भएको युवा मैत्रि स्थानिय तह दिग्दर्शन कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन ।

स्थानिय तहमा विभिन्न निती निर्माण गर्दा युवाहरुलाई समेटी उनिहरुको भवाना अनुसार निती निर्माण गरि कार्यन्वयन गर्ने सके विकासको लहर छाउन कुनै समय नलाग्ने बताए । नेपाल सरकाले यो कार्यक्रम मकवानपुरको मनहरी गाउँपालिका सहित १४ जिल्लामा सञ्चालन भइरहेको छ ।

मनहरी हरेक हिसावले सजिलो ठाँउ भएको मनहरीलाई नै छनौट गरिएको आयोजकले जनाएका छन । कार्यक्रमका सहभागीहरुले मनहरीलाई युवामैत्रि गाउँपालिका निर्माण गर्न सुझाव दिए ।

६ नम्बर वडाका अध्यक्ष गोपि लाल मुक्तानको सभापत्विमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज चौालाँगाई , ९ वटौ वडाका अध्यक्ष तथा राष्ट्रिया युवा परिषद प्रशासकिय प्रमुख बाबुराम ढुङगना लगायतको सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*