बुगीवुगी विजेता कविता नेपाली नेपाल प्रहरीको वर्दीमा

तामसालिङ खबर
८ असार २०७६, आईतवार ०९:४४

काठमाडौं – एपिवान टेलिभिजनद्धारा सञ्चालित बुगीवुगी विजेता कविता नेपाली पछिल्लो सयम नेपाल प्रहरीको वर्दीमा खिचिएको फोटो सामाजिक सञ्जालमा भाईरल भएको छ । विजेता नेपालीले प्रहरी नायब निरिक्षक(सई)को वर्दी लगाएर समाजिक सञ्जालमा ‘जय नेपाल’ नेपाल लेखेर फोटो पोष्ट गरेकी हुन् ।

बुगिवुगी विजेता भएपछि उनको मोडलिङ यात्रा शुरु भएको थियो । सानैदेखि उनको नेपाल प्रहरी बन्ने इच्छा भएपनि उनले के कारणले प्रहरीको वर्दी लगाएको भन्ने खुलाएकी छैनन् । पछिल्लो समय विभिन्न नेपाली गीतको म्युजिक भिडियोमा नृत्य तथा अभिनय गर्दै आएकी छिन् । उनले खेलेका अधिकांश म्युजिक भिडियोहरुलाई दर्शकले रुचाएका थिए ।

मोडलिङसँगै अभिनय क्षेत्रमा पनि लाग्ने उनको सोच छ । तर एकाएक नेपाल प्रहरीको वर्दीमा खिचिएको उनको तस्वीले आम दर्शकमा विभिन्न किसिमका प्रश्न जन्माएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*