सर्लाहीमा तेक्वान्दो खेलाडी बिद्यार्थीलाई अपग्रेडिङ

तामसालिङ खबर
८ असार २०७६, आईतवार ०६:४४

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाको वडा नम्बर १० नयाँ रोडमा अबस्थित सर्लाही एम्बिशन एकेडेमीका विद्यार्थी तेक्वान्दो खेलाडीलाई अपग्रेडिङ गराएका छन् ।

शनिबार विद्यालयको खेल मैदानमा एक कार्यक्रम गरी अपग्रेडिङ गराएका हो । राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो प्रशिक्षक तथा राष्ट्रिय तेक्वान्दो संघका सदस्य निरमणी केसीको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई अपग्रेडिङ गराएका हुन् । उनीहरुको नतिजा भने आज प्रकाशन गर्ने निर्णय भएको विद्यालयले जनाएका छन् ।

विद्यालयले शिक्षाको आवश्यक्ता सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकताका साथ लिइदै आइरहेको छ । खेलकुदको क्षेत्रबाट पनि केही नयाँपन दिन खोजिएको विद्यालयले जानकारी गराए ।

नयाँ शैक्षिक सत्रबाट खेलकुद प्रशिक्षक पूर्णा राना मगर र बद्री सापकोटाले खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । विद्यालयको फाउन्डर तथा प्रिन्सिपल सुरेश पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रमा विद्यार्थी अविभावक र शिक्षक शिक्षिकाको उपस्थित रहेको सर्लाहीबाट पत्रकार राजु तामाङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*