यी एप्स माेबाइलमा नराख्नुहोस

तामसालिङ खबर
८ असार २०७६, आईतवार ०६:३५

पछिल्लो समय स्मार्टफोनको प्रयोग निकै बढेको छ । एउटा स्मार्टफोनमा हाम्रो दैनिक जीवनमा आवश्यक अनेकौं सुविधाहरु छन् । यसले अनेक कामहरु गर्न सहज हुन्छ । तर, विभिन्न टास्कहरु गर्न मोबाइलमा नयाँ नयाँ एप बनेका हुन्छन् जुन आइफोनमा एप स्टोरबाट डाउनलोड गरिन्छ भने एन्ड्रोइड फोनमा प्ले स्टोरबाट ।

तर, धेरै जसो मानिसहरुले आफ्नो मोबाइलमा चाहिने भन्दा अनावश्यक एपहरु पनि राखिरहेको हुन्छन् जसले हाम्रो मोबाइललाई राम्रोसँग पर्फम गर्न दिँदैन । त्यस्तै केही एप जुन हामीलाई हाम्रो फोनमा चाहिँदैन वा हामीले फोनमा राख्नै हुँदैन ।

फ्रि एन्टिभाइरस
क्यासपस्र्की, अवास्ट, एभिजीलगायतका विभिन्न एन्टी भाइरस एपहरु हाम्रो मोबाइलमा हुन सक्छन् । यस्ता एपहरुले हाम्रो मोबाइल फोनलाई सुरक्षित राख्ने दाबी गरेका हुन्छन् । तर, वास्तविकता के हो भने हाम्रो मोबाइल फोनहरुको फिचर्सका लागि चाहिने एन्टी भाइरस प्रोटेक्सन पहिले नै गुगल प्ले स्टोर तथा एप स्टोरमा भइसकेको हुन्छ ।

त्यसैले यस्ता एन्टि भाइरस एपहरु हामीलाई त्यति बेला मात्र चाहिन्छ जतिबेला हामी हाम्रो मोबाइलमा सुरक्षित साइटहरु भन्दा बाहिरबाट केही डाउनलोड गरिरहेका हुन्छौँ । अन्यथा प्ले स्टोर तथा एप स्टोरबाट एप डाउनलोड गरेर चलाउन यस्ता एपको आवश्यकता नै पर्दैन ।

ब्याट्री सेभिङ एप
गुगल प्ले स्टोरमा मात्र होइन, एप स्टोरमा पनि यस्ता धेरै एपहरु हुन्छन् जसले तपाईंको मोबाइलको ब्याट्रीलाई संरक्षण गर्ने दाबी गरिरहेका हुन्छन् । यतिमात्र होइन, केही एपले त ब्याट्रीको क्षमता बढाउने दाबी पनि गर्छन् । तर, यो गलत हो । यस्ता एपहरुले ब्याट्रीको क्षमता बढाउनेभन्दा कम गर्छन् । बरु यी एपहरु ब्याकग्राउन्डमा चलिरहेका हुन्छन् र हाम्रो मोबाइलको ब्याट्रीलाई कमजोर बनाइदिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*