हेटौडा उपमहानगरले २ अर्ब ८ करोड बराबरको बजेट ल्याइदै

तामसालिङ खबर
४ असार २०७६, बुधबार २१:४८

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्ष २०७६/०७७ का लागि करिब २ अर्ब ८ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । यही असार १० गते प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट प्रस्तुत समारोहमा २ अर्ब भन्दा बढी रकमको बजेट ल्याउने तयारी गरेको हो । चालु आर्थिक बर्षमा चौथो नगरसभा संसोधन समेत गरी एक अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको थियो । चालु आर्थिक बर्ष भन्दा आउँदो आर्थिक बर्षमा १८ करोड रुपैयाँले उपमहनागरपालिकाको बजेटमा बृद्धी गरेर ल्याउने भएको हो ।

हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्षमा नगरका गौरबका योजनाका रुपमा ६ वटा योजनालाई अगाडी सारेको छ । जनप्रतिनिधिका रुपमा चुनाबमा सहभागि हुँदा गरेका प्रतिबद्धता पुरा गर्नका लागि गरिएका घोषणा कार्यान्वयन गर्ने उदेस्यले ६ वटा गौरबका योजनालाई यस आर्थिक बर्षमा अगाडी सारिएको मेयर महतले बताउनुभयो । सबैजसो गौरबका योजना प्रदेश सरकार संगको सहकार्यमा काम गर्न लागिएको हो ।

अधिकांश योजना क्रमागत योजनाका रुपमा काम गर्न लागिएको छ । हेटौंडाको बसटर्मिनल निर्माणमा आउँदो आर्थिक बर्षमा ३ करोड रुपैयाँ छुट्याएर काम गर्न लागिएको छ । त्यसैगरी कर्रा करिडोर निर्माणका लागि आउदो बर्ष नगरको २ करोड रुपैयाँ र प्रदेश सरकारलको समेत रकममा क्रमागत योजनाको काम गरिने मेयर महतले बताउनुभयो ।

त्यसैगरी बृहत्तर हेटौंडा चक्रपथ निर्माणको काम पनि सुरु गरिने भएको छ । यसका लागि उपमहनागरपालिकाले ३ करोड रुपैयाँ र प्रदेश सरकारले पनि रकम सहयोग गर्ने भएको छ । त्यसैगरी भ्युटावर निर्माण गरिने भएको छ । आउँदो आर्थिक बर्षमा उपमहानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । क्रमागत योजना अनुसार काम गर्न लागिएको उहाँले बताउनुभयो ।

यसैगरी चन्द्रोदय माबि हेटौंडा ८ को चौरमा प्याराफिट निर्माण गर्न लागिएको छ । आउँदो आर्थिक बर्षमा एक करोड बजेट छुट्याएर काम गर्न लागिएको हो । यसैगरी हेटौंडामा अटो भिलेज निर्माण गर्नका लागि १ करोड रुपैयाँ छुटेयाइएको छ । यो योजनाका लागि प्रदेश ३ सरकारले पनि सहयोग गर्ने तयारी गरेको छ । हेटौंडामा कृर्षि होलसेल बजारका लागि प्रदेश सरकार संगको सहकार्यमा काम गरिने भएको मेयर महतले बताउनुभयो । प्रदेश सरकारले डिपीआरको काम गर्दै छ । उपमहानगरपालिकाले २ करोड रुपैयाँ कृर्षि बजारका लागि काम गर्न लागिएको लेखा अधिकृत मनोज कुमार सुबेदीले बताउनुभयो ।

हेटौंडाका १९ वडामा ३२ करोडको बजेट सिलिङ
हेटौंडाका १९ वटा वडामा उपमहानगरपालिकाले ३१ करोड ७५ लाख रुपैयाँको बजेट शिलिङ पठाएपछी योजना छनौट गरिएको छ । वडास्तरबाट सबै टोलमा गएर वडाअध्यक्ष र वडा सदस्यहरु समेतले आम नागरिकको सहभागितामा योजना छनौट गर्नुपर्ने नियम छ । हेटौंडाको साबिकको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा एक रकोड ५० लाख रुपैयाँका दरले वडा अध्यक्षको नेतृत्वमा बजेट छनौट गर्नुपर्ने छ ।

त्यस्तै हेटौंडाको वडानम्बर १, ३, १२, १३, १४,१५, १६ र १७ मा प्रत्यक वडामा एक करोड ७५ लाख रुपैयाँका दरले योजना छनौट गर्नका लागि बजेटको सिलिङ दिइएको मेयर महतले बताउनुभयो । यसैगरी हेटौंडा १८ मा २ करोड र १९ मा २ करोड २५ लाख रुपैयाँ बराबरको योजना छनौट गर्नका लागि वडामा शिलिङ पठाइएको मेयर महतको भनाई छ । #जनपत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*