दुइ नम्बर प्रदेशको ३८ अर्ब ७२ करोडको बजेट (पूर्णपाठ)

तामसालिङ खबर
१ असार २०७६, आईतवार १८:१५

जनकपुरधाम – दुइ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ३८ अर्ब ७२ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभामा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गरेका हुन् ।

चालूतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार अर्थात ४९.८१ प्रतिशत र पूँजीगततर्फ १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार अर्थात ५०.१९ प्रतिशत विनियोजन गरिएको छ ।

बजेटको स्रोतका रुपमा आन्तरिक राजस्वबाट रु १३ अर्ब, ५४ करोड, ३१ लाख, ६९ हजार, नेपाल सरकारबाट प्राप्त बिभिन्न अनुदानबाट १६ अर्ब १७ करोड, ७४ लाख र चालू आ.ब. बाट नगद मौज्दात हुने ७ अर्ब ७० करोड, ७२ लाख, ९२ हजार प्राप्त हुने र १ अर्ब ३० करोड आन्तरिक ऋण लिइने छ ।

गत बर्ष एक अर्ब ऋण लिने घोषणा गरेपनि नलिएको बताउँदै उनले यस पटक ऋण लिइने मन्त्री यादवले बताए ।

आ.व.०७६०७७ को बजेट वक्तव्य pradesh 2

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*