तिन नम्बर प्रदेश सरकारले ४८ अर्बको बजेट ल्याउदै

तामसालिङ खबर
१ असार २०७६, आईतवार १२:०५

हेटौंडा – तिन नम्बर प्रदेश सरकारले आर्थिक बर्षका २०७६/७७ को लागि करिब ४८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । आज असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने बजेटको सबैजसो तयारी पुरा भएको प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो ।

प्रदेश सभामा आज ५ बजे सरकारले बजेट प्रस्तुत गर्ने तयारी गरिएको छ । दिउसो ४ बजे मन्त्री परिषदको बैठकले संसदमा प्रस्तुत हुने बजेटबारे निर्णय गर्ने र त्यस लगतै संसदमा बजेट प्रस्तुत गरिने तयारी प्रदेश सरकारको छ ।

बजेटको सबै भन्दा ठुलो रकम पूर्बाधारका क्षेत्रमा खर्च गर्न लागिएको छ । प्रदेश सरकारले प्रदेश गौरबको योजान अन्तरगत पोष्टबहादुर बोगटी भिमफेदी– काठमाण्डौ सुरुङमार्ग निर्माणका लागि बजेट छुट्याइएको छ । पुस्पलाल चक्रपथ प्रदेशका सबै जिल्लालाई समेट्नेगरी निर्माण गर्न लागिएको छ । त्यसैगरी मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई गौरबको योजानका रुपमा अगाडी बढाइएको छ ।

हेटौंडा अस्पतालको क्षमता बृद्धी गरेर स्वाथ्य बित्रान प्रतिष्ठान निर्माण गर्ने तयारी गरिएको हो । त्यस्तै मदनभण्डारी सडक निर्माण निर्माण गर्नका लागि बजेट छु्याइएको र गौरबका योजनाका रुपमा अगाडी बडाइएको मन्त्री ढुंङ्गेलले बताउनुभयो । चालु आर्थिक बर्षका केही महत्वपुर्ण योजनालाई गौरबका योजनाका रुपमा सरकारले लिएको थियो । तर, रकम खर्च गर्न नसकेपछी आउँदो आर्थिक बर्षको योजनामा पनि गौरबका योजनाका रुपमा अगाडी बढाइएको छ ।

प्रदेशमा डिजेल पेट्रोलबाट चल्ने सवारी साधनमा न्युनीकरण गर्ने गरी बजेट ल्याउने तयारी गरिएको छ । प्रदेशमा बिकल्प सहित प्लाष्टिक निशेध गर्ने तयारी गर्ने गरिएको उहाँले बताउनुभयो । गत बर्षमा ल्याएको बजेट भन्दा ठुलो आकारको बजेट ल्याइने उहाँले बताउनुभयो । चालु आर्थिक बर्षको बजेट भन्दा थप परिस्कृत गरेर बजेट ल्याउने तयारी भएको उहाँले बताउनुभयो । कृषि, वन, पर्यटन, पुर्बाधार लगायतका क्षेत्रमा बजेट ल्याइएको उहाँले भन्नुभयो।

जनताका माग, भूगोल, लक्षित क्षेत्र र बर्गिय क्षेत्रलाई आधार मानेर बजेट ल्याउन लागिएको छ । पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख नौ हजार र चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार बजेट छुट्याएकोमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म जम्मा १८ प्रतिशत बजेट खर्च भएको थियो। सरकारले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च नभएपछि स्थानीय तहलाई एम्बुलेन्स, दमकल र शव बाहन खरिद गर्न १० करोड ५७ लाख रुपैयाँ बजेट निकासा गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*