युट्युबर प्रनेश हाजिरी जमानीमा छुटे
काठमाडौं – चलचित्र वीर बिक्रम २ को पीजि समीक्षा गरेको भन्ने उजुरीका आधारमा एक हप्तादेखि कस्टडीमा रहेका यूट्युवर प्रणेश गौतम बिहिवार बेलुका हाजिरी जमानीमा छुटेका छन् ।
‘फिल्म वीरविक्रम २ का निर्देशकको उजुरीपछि पक्राउ परेका पनेश गौतमलाई हामीले रिहा गरी हाजिरी जमानीमा छाडेका छौं’, अपराध महाशाखा प्रमुख थापाले गौतम रिहाबारे जानकारी दिँदै भने । हाजिरी जमानीमा छुटेका प्रनेशले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ ।
गाली बेइजती तथा मानहानीको जाहेरी दर्ता हुनु पर्नेमा फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले विद्युतीय कारोबार ऐन अन्तर्गत जाहेरी दिएका थिए । प्रहरीको अपराध महाशाखाले गौतमलाई फिल्म वीरविक्रम २ का निर्देशक मिलन चाम्सको उजुरीपछि नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।
चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएर उजुरी दिएको बताइएको छ ।