पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार ११:२५

चितवन – पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य पौडेलको उनको चितवनको माडीस्थीत आफ्नै विनासमा शुक्रबार बिहान निधन भएको हो ।

पूर्वसांसद समेत रहेका पौडेललाई बिहीबार राति हृदयघात हुने वित्तिकै उपचारका लागि माडीस्थित बगौडा अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा सोही अस्पतालमा निधन भएको जनाइएको छ ।

धनिराम पौडेल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री हुन् । पौडेलका दुई वटा छोरी मात्र छन् । चितवन, बघौडा, नयाँ पिपरिया स्थायी घर भएका पौडेलले स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनी दोश्रो संविधानसभा चुनावमा समानुपातिक तर्फका सांसद थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*