यातायातको भाडा बढाउने निर्णय फिर्ता

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार ०९:३५

काठमाडौ – सरकारले बिहीबार दिउँसो वृद्धि गरेको सार्वजनिक यातायातको भाडा साँझ फिर्ता लिएको छ । यातायात व्यवसायीले दबाब दिएपछि बिहीबार भाडा बढाएको सरकारले तत्काल फिर्ता लिएको हो ।

असार १ गतेदेखि लागू हुनेगरी बिहीबार दिउँसो सार्वजनिक यातायात र मालबहाकमा २० प्रतिशत र ट्याक्सीमा १२ प्रतिशत भाडा बढाउने निर्णय सरकारले गरेको थियो।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार भाडा वृद्धि भएपछि सरकारमाथि पर्ने दबाबलाई मध्यनजर गर्दै साँझ निर्णय फिर्ता भएको हो ।

भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिका, यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी, सुरक्षा निकायकसँग छलफल गरेको थियो । छोटो दूरीको भाडा न्यूनतम १७ रुपैयाँ र ट्याक्सीमा न्यूनतम ५० रुपैयाँ कायम भएको थियो । अन्नपूर्ण पोष्टमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*