सरकारी जग्गा कीर्ते गर्ने २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक २८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सरकारी जग्गा कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा २८ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
‘जिल्ला बाँके खासकारकाँदो वडा नं.७ सिट नं.७ कि.नं. २१० क्षेत्रफल ०–५–१३ तथा साविक नेपालगञ्ज नगरपञ्चायत वडा नं.३ को कि.नं. १४ क्षेत्रफल ०–५–१७ र जिल्ला बर्दिया नेउलापुर वडा नं. ७ ‘क’ को कि.नं. १९१ र वडा नं. ९ ‘ख’ को कि.नं. ७, ८, ५०, ६१ र ६३ को जग्गा सम्बन्धी सरकारी कागजात सच्याई (किर्ते) गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा,’ गैरकानुनी कार्य गरेको पुष्टि भएको अख्तियारको भनाइ छ ।
‘बाँके र बर्दिया जिल्लाका विभिन्न कित्ताको जग्गा प्रतिवादीहरु मध्ये कौशल भन्ने खैरुल हसन अन्सारी समेतले आफूलाइ गैरकानूनी लाभ र नेपाल सरकारलाइ गैर कानूनी हानी पुर्याउने बदनियतले मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारहरुलाई अनुचित प्रभावमा पारी आपसी योजना, सहमती र संलग्नतामा बदनियतपूर्ण तबरबाट सरकारी मोठ श्रेस्ता नै फेरबदल गरी सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेरगराउने कार्य गरेको कार्य गरेको पुष्टि हुन आएको,’ अख्तियारले बताएको छ ।
आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी हुने र व्यक्ति विशेषलाइ गैर कानुनी लाभ पउने कार्यमा संलग्न रहेका उनीहरुमाथि विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले मुद्धा गरेको यी २८ जना हुन्: